इजरायली सैन्य अखडामा अाक्रमण



सैघाली खबर,
बैशाख २७ दमाकस । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो। इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ।

सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ। सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दाबीसमेत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो। इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्