पहिला खुब प्रेम प्रस्ताव आउथ्यो हिरोईन भएसि छोड्यो : आँचल शर्मा ।।(भिडियो)



सैघाली खबर/काठमाण्डौँ,  बैशाख।
आफुलाई थर्काउने, हप्काउने खालको केटालाई श्रीमान बनाउने चाहना छ नायिका आँचल शर्माको । सुन्दर अनि निकै ब्यस्त नायिका शर्माले आफुलाई मस्का लगाउने केटाहरु मन नपर्ने भन्दै थर्काउने केटाहरु नै आफ्नो रोजाईमा पर्ने बताएकि छिन् । तीन वटा चलचित्रमा काम गरिससकेकि आँचल अहिले निर्देशक प्रदिप श्रेठको निर्देशनमा बन्न लागेको चलचित्र बल्याकको सुटिङमा ब्यस्त छिन् ।

चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका आँचल शर्मा लगाएतको अभिनय रहेको छ । अधिबक्ता बन्ने रहर भएको आँचललाई चलचित्र क्षेत्रमा आउछु भन्ने सोच नै थिएन । आँचल भन्छिन् ‘चलचित्रमा काम गर्नु भन्दा पहिले निकै प्रेम प्रस्ताव आउथ्यो, हिरोईन र्भएसि आउनै छोेड्यो’ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्