गुपुचुपमै भएको नेहाको विवाह सार्वजनिक गरायो ईन्स्टाग्रामले ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख
बलिउड अभिनेत्री नेहा धूपियाले इन्स्टाग्राम मार्फत आफूले विवाह गरेको खबर सार्वजनिक गरेकि छिन् । अभिनेत्री सोनम कपूरको बिवाह भएको केहि दिनपछि अर्की अभिनेत्री नेहा धूपियाको विवाहको खबर सार्वजनिक भएको छ । नेहाले भारतका क्रिकेटरका छोरासँग विवाह गरेकी छिन् ।

उनले क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गरेकी हुन । नेहा र अंगदले आफ्नो इन्स्टाग्राम मार्फत विवाहको तस्बिरसहित आज विवाह गरेको खुलासा गरेका छन् । ववाहको फोटोसहित नेहाले लेखेकी छिन, ‘मेरो जीवनको सही निर्णय, आज मैले मेरो मिल्ने साथीसँग विवाह गरेँ ।’

उनका नवविवाहित दुलहा अंगदले पनि ‘मिल्ने साथी र अहिले श्रीमती’ क्याप्सन राखेर फोटो सार्वजनिक गरेका छन । फोटोमा श्रीमती बेदी लेख्दै नेहालाई ट्याग गरेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा तथा भारतीय क्रिकेटका कप्तान विराट कोहलीले पनि गुपचुप रुपमा विवाह गर्दै विवाहको खबरपछि मात्रै सार्वजनिक गरेका थिए । अभिनेत्री नेहाले पनि अनुष्कालाई पछ्याउदै कसैलाई खबर नगरी सुटुक्क विवाह गरेकी छिन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्