असार १२ दाङ
सर्मिला डी सी
यहि असार १४ गते हुने निर्वाचनलाइ मध्येनजर गर्दै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती नियोक दाङले तुलसीपुर उपमहाँ नगरपालीका भित्र रहेका बुथकेन्द्रका अवलोकन गरेको छ ।
अवलोकनको क्रममा हिजो वाट शुरु भएको मतदाता परिचय पत्र वितरणको काम करिब ६० प्रतिशत भइसकेको निर्वाचन अधिकृत डा।कृष्णराज डिसीले जानकारी दिनुभयो । निर्वाचन स्वच्छ शान्त निष्पक्ष र धाधलीरहित तवरले सम्पन्न गराउनको लागी छुटाछुटै बुथ केन्द्रको व्यवस्थापन गरिएको वडा नं ६ का निर्वाचन अधिकृत सीता रिजालले जानकारि दिनुभयो । नियोक दाङका सभापती मधुसुदन केसी, संस्थापक सभापती विनोदकुमार श्रेष्ठ, कार्यालय प्रमुख शर्मिला डिसी, पर्यवेक्षक निरला अर्याल गैरे र अन्जना चौधरी लगाएतको टोलीले आज सोमवार वुथ केन्द्रहरुको अवलोकन तथा निरीक्षण गरेको हो । तुल्सीपूर उपमहानगरपालिकाको वडा नं ६ मा रहेको मा।बि सेन्टरमा तोकीएको केन्द्रको टोलीले अबलोकन गरेको हो । मा।बी सेन्टरमा रहेको केन्द्रमा क, ख , ग, घ ङ गरी ५ वटा बुथ निर्धारण गरीएको छ । निर्वाचन अधिकृत टोप बहादुर डागीका अनुुसार हालसम्ममा ६५ प्रतिशत परिचय पत्र वितरण भएको छ । एउटा ब्थमा ६ जना कर्ममचारी खटाइएको छ जहा मतदाता सङख्या पाच हजार एक सय पच्चिस जना रहेको छन् ।
। परिचय वितरण गर्दा जेष्ठ नागरिक तथा अपाङहरुको लागी परिचय पत्र गेटमा पुराइदिने र लाइन बस्न नपर्ने निर्वाचन अधिकृत लिला शिवाकोटीले जानकारी दिनुभयो ।
यसैबीच तुलसीपुरउपमहानगर पािलका वडा नं ५ अरनीको मैदानमा रहेको बुथ केन्द्रमा अवलोकन गरिएको छ । वडा नं ५ मा जम्मा मतदाता सङख्या चारहजार रहेका छन् हालसम्म ६० प्रतिशत परिचिय पत्र वितरण भएको निर्वाचन अधिकृत डां कृष्णराज डिसीले जानकारी दिनुभयो । चार वटा बुथ केन्द्र रहेको छन् । जसको मतदान अधिकृतमाा। डा कृष्णराज डि सी, शिव लामिछाने, विप्लप अधिकारी र राजेश आर्चाय रहेको छन् । अरनीको बुथ केन्द्रमा जम्मा मतदाता चार हजार रहेको निर्वाचन अधिकृत डा।कृष्णराज डिसीले जानकारी दिनुभयो । एउटा बुथ मा सुरक्षाकर्मी ६ जना खटाइएको अधिकृत डिसीले बताउनुभयो । निर्वाचन कार्यालयबाट महिला पुरुष बराबरी रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।