मोदी सवार हुने रूट १० मिनेट बन्द हुने



सैघाली खबर ,
बैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला प्रयोग हुने सडक १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो मोदी काठमाडौं अवतरण गरेपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२ मिनेटसम्म बन्द हुने महानगरीय ट्राफिक महाशाखाका एसएसपी उमेश रञ्जितकारले बताए।

सेतोपाटीसँग कुरा गर्दै एसएसपी रञ्जितकारले भने,‘मोदीको सवार समयमा मात्र केही समय सडक खाली हुन्छ, जस्तै मोदी विमानस्थलमा अवतरण गरेपछि उनी सवार हुने सडक खाली हुनेछन्।’

सर्वसाधारणले मोदी सवार सडकमा केही समय मात्र रोखिनुपर्ने बताउँदै कार्यक्रमस्थल पुगेपछि सडक खुल्दै जाने उनले जानकारी दिए।

त्यसको लागि ट्राफिक व्यवस्था सम्पूर्ण रूपमा तयार भएको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्