प्रदेश ३

काशी तिवारीको हत्यामा संलग्न भएको अभियोगमा मेयर कुशवाह पक्राउ

By थाहा अनलाइन

May 11, 2018

काठमाडौं काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।

तकालीन हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष काशी तिवारीको मेयर कुशवाहको नेतृत्वमा  हत्या भएको पुष्टी भएपछि उच्च अदालत बिरगन्जले गत चैत २० गते जन्मकैदको फैसला सुनाएको थियो ।

कुशवाह नेकपा माओवादी केन्द्रबाट कटहरिया नगरपालिकामा मेयरमा चुनिएका हुन् ।

२०६८ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो । मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयका क्रममा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको पुष्टी सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले गरेका छन्।