शिक्षाबिज्ञ पाठक दाङ आउदै



सैघाली खबर,
घोराही, २८ बैशाख ।

 

शिक्षाबिज्ञ घनश्याम पाठक दाङ आउदै छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘शिक्षा र शिक्षक व्यबस्थापनमा चुनौती र समाधानका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन पाठक दाङ आउन लागेका हुन् । संगठनका केन्द्रीय सदस्य समेत रहेका पाठक देशकै उत्कृष्ठ सामुदायिक बिद्यालयका प्रधानाध्यापक पनि हुन् । बिहिबार हुने उक्त कार्यक्रममा पाठकले शिक्षा सुधार गर्न आफ्नो अनुभव सुनाउने छन् । तुलसीपुरमा हुने उक्त कार्यक्रममा संगठनका राष्ट्रिय उपाध्यक्ष गुणाखर भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् । तुलसीपुरको सत्कार पाहुना घरमा बिहान ११ बजे देखि हुने कार्यक्रममा सहभागिताका लागि संगठन दाङका सचिब बिष्णु खत्रीले सबैलाई अनुरोध पनि गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्