अचम्मका कुरा

सापेक्षतावादका प्रवर्तक वैज्ञानिक अलवर्ट आइन्सटाइनका मननीय भनाईहरु

By थाहा अनलाइन

May 11, 2018

संसारका महान वैज्ञानिकहरु मध्य अल्बर्ट आइन्स्टाइन पनि एक हुन् । उनले ब्रम्हाण्ड सपेक्षाताको सिद्धान्तको आधारमा चलेको कुरा पत्ता लगाए र संसारलाई यो कुराको जानकारी गराए। आइन्स्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा ठुलो दख्खल दियो । आइन्स्टाइन जति वैज्ञानिक थिए उति दार्शनिकपनि थिए । उनको सिद्धान्त विज्ञानको दुनियाँको साथै जगतको अन्य क्षेत्रमापनि प्रमाणित भएको छ । उनले विज्ञानको नियम बारे जानकारी गराउंदा सफलता,असफलता, कल्पना र ज्ञानको बारेमा धरै यस्ता कुरापनि बताए “की कठिनाईलाई पार लगाउन र सफलताको बाटोमा अगाडी बढ्न सकिन्छ।”

अल्बर्ट आइन्स्टाइनका यी कुराहरुले तपाईंलाई सफलताको ढोका खोलिदिन सक्छ

१ भुत बाट सिक्नुहोस,आजको लागि बाँच्नुहोस,भोलिको आशा गर्नुहोस , सब भन्दा ठुलो कुरा त प्रश्न गर्ने बानी कहिल्यै नछोड्नु होस् । २ हामी आफ्नो कुन समस्या त्यो विचारद्वारा सुल्झाउन सक्दैनौ जुनबाट त्यसको जन्म भएको हो । ३ सफलताको सबभन्दा ठुलो श्रोत अनुभव हो । ४ जो आफ्नो समस्या जान्दछ उ नै त्यो भन्दा अगाडी जान सक्छ । ५ तर्कले तपाइँलाई ए देखि बि सम्म लैजान सक्छ भने कल्पनाले जहाँ पनि पुर्याउन सक्छ । ६ जव तपाई प्रकृतिलाई गहिरोसित देख्नु हुन्छ तव तपाइँ कुनैपनि वस्तुलाई बृहद तरिकाले सम्झन सक्नुहुन्छ।

७ कुनैपनि काम पटक पटक गर्नु र प्रत्यक पटक फरक परिणामको आशा गर्नु मुर्खता हो । ८ सव भन्दा पहिला तपाईंले खेलको नियम जान्न आवस्यक छ त्यसपछि तपाईं अरु धेरै खेल खेल्न सक्नु हुनेछ।