श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अबस्था फितलो



जनक नेपाली
दाङ,२८ बैशाख । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अबस्था विषयक अन्तरक्रिया कार्यक्रम घोराही सम्पन्न भएको छ ।न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा पत्रकार महासंघको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । त्यस अबसरमा बोल्ने वक्ताहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अबस्था फितलो रहेको वताएका थिए ।
लामो समय सम्म पनि मिडिया हाउँसमा काम गर्दा नियुक्ती पत्र विना नै काम गर्नु पर्ने पत्रकार संग बाध्यता रहेको वताउँदै त्यसको तत्काल अन्त्य हुनु पर्ने वताएका थिए । मिडिया हाउसले तीन ÷चार महिना सम्म पनि पारिश्रमिक नदिएको वताउँदै वक्ताहरुले श्रमजीवी पत्रकार भोकभोकै मर्ने अबस्था देखा परेको वताएका थिए ।

राज्य श्रमजीवी पत्रकारको पक्षमा कामगर्न न्यूनतम पारिश्रमिक निर्धारण समिती गठन गरेपनि त्यसले आफ्नो भुमिका निर्वाह गर्न नसेको वताएका थिए । मिडिया हाउस विरुद्ध बोले मालिकले निकल्ने परिपाटीको विकास भएको वताउँदै त्यसको अन्त्य हुन पर्नै वताएका थिए । कार्यक्रममा बोल्दै पत्रकारका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले लोकतन्त्र स्थापना पछि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनले गति प्रदान गरेको वताउँनुभयो । पारिश्रमिक नपाए पत्रकारले आफ्ना गुनासा पत्रकार महासंघ सम्म ल्याउँने परिपाटीको विकास भएको भन्दै त्यसलार्य पनि उपलव्धीका रुपमा लिनु पर्नै वताउँनुभयो ।
कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि आफुहरु निरन्तर लागेको वताउँनुभयो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुपेन्द्र वलीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्