सैघाली खबर/काठमाण्डौँ, बैशाख।
निर्देशक तथा निर्माता निश्चल बस्नेतले नेपाली फिल्म अवार्डको मनोनयनप्रति प्रश्न उठाएका छन् । आफ्नो फेसबुकमा स्टटास लेख्दै निश्चलले अवार्ड मनोनयनप्रति व्यांग्यत्मक रुपमा असन्तुष्टि पोखेका हुन् ।
एक लाख आठ हजार भन्दा बढी फलोअर्स भएको आफ्नो फेसबुक अकाउन्टमा निश्चल लेख्छन्, ‘फिल्म अवार्ड नोमिनेशन ! आर यु कमेडी मि ?’ निश्चलले लेखेको यो स्टाटसको सिधा अर्थ पछिल्लो समय सार्वजनिक भैरहेका अवार्डका मनोनयनहरु मनोपोली रुपमा भैरहेका छन् । जसले गर्दा उनलाई गिज्याइरहेको भान भैरहेको छ ।
केही साता पहिले सम्पन्न एनएफडिसी अवार्ड र भर्खरै सार्वजनिक भएको डि सीसिने अवार्डलाई लक्षित गर्दै ‘लुट’ निर्देशक बस्नेतले व्यांग्यत्मक स्टाटस लेखेका हुन् ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।