मुख्य समाचार

बिकास निर्माणमा जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा जन गुनासो बढे पछी कृष्णनगर नगरपालिकामा अख्ततियारको अनुगमन तीब्र ।

By थाहा अनलाइन

May 11, 2018

।।।।

९सागर थापा। घोराही २८ बैशाख।

कपिलवस्तु कृष्णनगर नगरपालिकामा भईरहेको भौतिक योजनाहरूको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुगमन गरेको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विहीबार कृष्णनगर नगरपालिकाको ३,६,८ र ९ नम्बर वडाको अनुगमन गरेको छ ।

मापदण्ड पूरा नगरेर सडक कालोपत्रे गरेको जनगुनासो आएपछि टोलीले अनुगमन गर्दा कृष्णनगर ३, ८ र वडा न। ९ मा कालोपात्रे सडक निर्माणमा मापदण्ड पूरा नभएको वडा नम्बर ६ मा पिपिसी निर्माण हुँदा ६ इन्चको ठाउँमा ४ इन्च र सिमेन्टको मात्रा कम तर बलुवाको मात्र बढी भएको भेटिएको अख्तियार दुरूपयोग अनुसन्धान बुटवल अनुगमन टोलीले जानकारी गराएको छ ।

अगुमनको क्रममा जन गुनासो भन्दा धेरै बद्‍मासी पाइएकोले आवश्यक छानविन गरेर कारवाही अगाडि बढाउने अख्तियार स्रोतको दाबी छ । स्थानीय जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेपतोमा मापदण्ड पूरा नगरेरै निर्माण कार्य भएको हुन सक्ने बताइएको छ । कपिलवस्तुबाट पत्रकार मनिष कुमार गुप्ताले जानकारी दिएका छन