फूलपातीमा रिलिज हुने भयो ‘छक्का पन्जा ३’ ।।



सैघाली खबर/काठमाण्डौँ, २८ बैशाख।
चलचित्र ‘छक्का पन्जा ३’ को छायाँकन सुरु भएको छ । दिपाश्री निरौलाको निर्देशनमा तयार हुने चलचित्रको शुक्रबार भक्तपुरको सुर्यबिनायक मन्दिरमा पूजाआजा गरेर औपचारिक रुपमा छायाँकन सुरु गरिएको छ । यो बर्षको दशैको फूलपातीमा रिलिज हुने चलचित्र दर्शकका लागि प्रतिक्षित बन्ने पक्का छ ।

जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरि ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यो वर्ष चलचित्रमा केहि कलाकार हेरफेर भएका छन् । चलचित्रमा दीपिका प्रसाई लिड अभिनेत्रीको रुपमा प्रवेश गर्दा प्रियंका कार्की केमियो भूमिकामा खुम्चिएकी छिन् ।

त्यस्तै लगातार दुई सिक्वेलमा देखिएकी बर्षा राउत र दोश्रो सिक्वेलमा इन्ट्री मारेकी स्वस्तिमा खड्का चलचित्रमा अटाएका छैनन् । चलचित्रमा दिपकराज गिरि, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्