क्यान्सरका बिरामीलाई घरमै कसरी हेरचाह गर्ने ?



सैघाली खबर,
प्रविधिको विकास तथा चिकित्सा क्षेत्रमा प्राप्त भएका सफलताहरूको कारणले क्यान्सरका बिरामीहरूले अस्पतालमा बिताउनुपर्ने दिनहरू घट्दै गएका छन् । धेरैले बिरामीलाई घरमै राखेर हेरचाह गर्न थालेका छन् ।

धेरैजसो क्यान्सरका बिरामीहरूले हस्पिटलभन्दा घरमै आफ्नो हेरचाह गरिएको मन पराउँछन् । बिरामीले आफ्नै घरवरिपरिको वातावरणमा सजिलो महसुस गर्ने मात्रै नभई आत्मनिर्भरता र नियन्त्रणको भावना पनि पाउँछन् जसले ठूलो महत्व राख्छ । यसैको नतिजास्वरूप परिवारका सदस्यहरूले घरमै विभिन्न उपकरणहरूको सहायताले क्यान्सरका बिरामीको हेरचाह गर्न थालेका छन् ।

 

 

परिवारका कुनै सदस्यलाई क्यान्सर छ र घरमै उपचार गर्न चाहनुहुन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु आवश्यक छः

बिरामीको स्वास्थ स्थिति बुझ्नुहोस्

आफ्नो नजिकको मानिसलाई लागेको क्यान्सरको बारेमा थाहा पाइराख्नुहोस् । कस्तो खालको क्यान्सर लागेको हो र कुन चरणमा छ भन्ने कुरा थाहा पाउन एकदमै जरुरी छ । औषधीरउपचार, खान नहुने कुराहरू, आकस्मिक अवस्थामा के गर्ने जस्ता कुराहरूका साथै फलोअपका बारेमा डाक्टरहरूसँग नियमित कुराकानी गरिरहनुहोस् ।

तपाईले प्राप्त गर्न सक्ने थप स्रोतहरूको बारेमा पनि डाक्टरलाई सोध्न सक्नुहुन्छ । यी कुराहरू थाहा पाएमा तालिका अनुसार गर्नुपर्ने कामहरू, खानाको योजना बनाउन र हेरचाहको अन्य कुराहरूमा सहज हुन सक्छ ।

बिरामीलाई कत्तिको हेरचाह आवश्यक छ बुझ्नुहोस्

बिरामीलाई आवश्यक पर्ने हेरचाहका बारेमा थाहा पाउनुहोस् र तपाईले कति उपलब्ध गराउन सक्नुहुन्छ त्यो पनि थाहा पाउनुहोस् । बिरामीलाई नुहाइदिन, कपडा लगाइदिन, हिँडडुल गर्न मद्दत पर्छ कि रु बिरामीलाई व्यावसायिक केयर आवश्यक पर्ने थेरापी एवं अन्य उपचारहरूको आवश्यकता पर्छ बुझिराख्नुहोस् ।

हेरचाहका लागि कति सदस्य चाहिन्छ थाहा पाउनुहोस्

क्यान्सरका बिरामीलाई घरमै हेरचाह गर्दा एकजनाले मात्रै भ्याउन नसकिने हुन्छ । कहिलेकाहीँ परिवारकै सदस्य तथा अन्य मेडिकल प्रोफेसनलहरूको आवश्यकता पर्छ । बिरामीको अवस्था हेरी केयर सर्भिसमा थेरापिस्ट, नर्सहरू र स्वयंसेवकहरू आवश्यकता पर्नसक्छ ।

गर्नुपर्ने कामहरूको सूची बनाउनुहोस्

केयरगिभिङमा विभिन्न कामहरू पर्छन् र यसको सूची बनाइयो भने सजिलो हुन्छ । यसले तपाईलाई व्यवस्थित बनाउँछ र आफ्नो बिरामीको राम्रोसँग ख्याल गर्न सक्नुहुन्छ । तपाई एक्लै सक्नुहुन्न भने परिवारका अन्य सदस्यहरूको सहयोग लिनुहोस् वा प्रोफेसनल केयर सर्भिससँग सहयोग लिनुहोस् ।

बिरामीलाई सहभागी गराउनुहोस्

बिरामी निर्णय लिने कुरामा संलग्न हुनुपर्छ । उनीहरूले के भन्न खोजेका छन् त्यसले धेरै महत्व राख्छ । क्यान्सर लागेको थाहा भएपछि मानिसको आफूलाई नियन्त्रण गर्ने क्षमता कम हुनसक्छ ।

बिरामीलाई हेरचाहसम्बन्धी विषयवस्तुहरूमा संलग्न गराउनाले उनीहरूले आफ्ना रोजाइका कुराहरू पाउन सक्छन् । बिरामीलाई रुचिअनुसार बगैंचाको हेरचाह गर्ने, किताब पढ्ने, पार्कमा घुम्नेजस्ता क्रियाकलापमा सहभागी गराउन सकिन्छ ।

भावनात्मक सहयोग गर्नुहोस्

क्यान्सरसँग लड्नु धेरै कठिन हुन्छ र बिरामीहरूलाई धेरै हौसला दिनुपर्छ । बिरामीसँग राम्रोसँग बोल्नुहोस् र उनीहरूका कुरा राम्रोसँग सुन्नुहोस् । उनीहरूको मुड र भावनाहरूलाई सधैं राम्रो बनाइराख्न हौसला दिनुहोस् ।

आफ्नो पनि ख्याल राख्नुहोस्

अरूको हेरचाह गर्न धेरै गाह्रो हुन्छ । अरूको हेरचाह गर्दा आफ्नो स्वास्थ्यलाई पनि बेवास्ता गर्नुहुँदैन । आफू स्वस्थ भए मात्रै आफ्नो बिरामीको हेरचाह राम्रोसँग गर्न सकिन्छ । त्यसैले सन्तुलित भोजन खाने, तनाव कम गर्ने तथा पर्याप्त सुत्ने बानी बसाल्नुपर्छ जसले स्वस्थ र चुस्त राख्न सघाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्