त्रिभुवन नगर जेसिजको क्षेत्रिय सम्मेलन घोराहीमा उद्घाटन



 

 

समिक्षा गाहा,
घोराही २८ बैशाख।

 


बिकास समृद्धिको बाटोमा बिना सङकोच,हिचकिचाहट अगाडी बढ्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताले बताएका छन। बिगतका असफलताका कुण्ठा बोकेर हैन अब भबिष्यका आशाका किरणहरु सोचरेर अगाडी बड्नु पर्ने बताएका छन। कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्रि प्रोख्रेलले त्रिभुवन नगर जेसिज क्षेत्र घ को सम्मेलनको उद्याटन गदै जुन सस्थाले लगानी गर्छ त्यसले लाभ पनि प्राप्त गर्नु पर्ने बताउनु भयो।

जसका लागी निष्पक्षता ,सकल्प र मेहनतको आबश्यकता पर्ने बताउनु भयो। अहिलेको सवालमा युवाहरु आफुलाई कुन बिषयले सक्षम बनाउछ त्यस तर्फ अग्रसर देखिएका छन मन्त्रि प्रोखेलले भन्नु भयो जुन बिकास हुने सकेतं पनि हो।

अव अधिकार मुखि राजनितिको सुरुवात भएको र वैदेशिक रोजगारलाई नियन्त्रण गरी आफनै देशमा रोजगारको शिर्जना गर्ने कुरामा आफु प्रतिवद्ध रहेको वताउनुभएको थियो ।
यस्तै विशिष्ट अतिथि अमर बहादुर डागिंले २०१६ मा समृद्धिको आन्दोलनलाई जेसिजले समर्थन गर्न सफल भएको कुरामा प्रसंसा व्यक्क्त गर्नु भएको थियो ।

जेसिज संस्थाले युवा शसक्क्तिकरणमा महत्वपुर्ण भुमिका खेलेको कुरामा जोड दिनु भएको थियो । शिर्जनात्मक कार्यलाई निरन्तरता दिदै अगाडि वढ्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य सघका नारायण प्रशाद प्रोखेल, नेपाल पत्रकार महासघका अध्यक्ष सबिन प्रियासन, तुलसीपुर उपमहानगरपालीकााक प्रमुख घनश्याम पाण्ड्,ब्रमहा कुमारी बिश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्रकी आदरणीय गिता दिदी ,घोराही उपमहानगरपालीकाका प्रमुख नूलाल चौधरी,यस्तै प्रदेश सभाका सदस्य अम्बर डागीं लगाएतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो।

क्षेत्रिय सम्मेलनको उद्यघाटन कार्यक्रम आज सम्मपन्न भएको छ। मुख्यमन्त्रि शकंर प्रोखेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तब्य जेसी लालमणि भण्डारी ,नेपाल जेसिज क्षेत्र घ निरुपीत राष्ट्रिय कार्यकारी उपाध्यक्ष अशोक शकंरको अध्यक्षतामा भएको को कार्यक्रमको सहजिकरण त्रिभुबन नगर जेसिजका महासचिब बुद्धि प्रकाश शर्माले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्