मोदीले गरे जानकी मन्दिरमा विशेष पूजा



सैघाली खबर,
बैशाख २८ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन् ।
दुइ दिने औपचारिक भ्रमण को क्रममा जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् ।
मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री बनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्