मुख्य समाचार

मोदीले गरे जानकी मन्दिरमा विशेष पूजा

By थाहा अनलाइन

May 11, 2018

सैघाली खबर, बैशाख २८ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन् । दुइ दिने औपचारिक भ्रमण को क्रममा जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री बनेका छन् ।