नेपाल र भारतको सम्बन्ध धार्मिक हिसाबले पुरानो हो : प्रधानमन्त्री ओली



सैघाली खबर,
बैशाख २८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सम्बन्ध धार्मिक हिसाबले पनि निक्कै लामो समयदेखि भएको बताएका छन्। शुक्रबार नेपालको दुई दिने भ्रमणमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका ओलीले जानकी मन्दिरमा भएको विशेष पूजापछि बोल्दै ओलीले यस्तो बताएका हुन्। उनले धर्म शास्त्रदेखिकै परम्परालाई निरन्तरता दिँदै मोदीको भ्रमण भएको बताएका हुन्। उनले भने,‘शास्त्रको समयदेखि नै नेपाल र भारातको सम्बन्ध यस्तै हो। आउने भ्रमण गर्ने र जाने क्रम चलिरहेको छ। लक्ष्मण आउँदादेखि कै आउने÷जाने चलन र परम्परा रहेको छ।’ मोदीको भ्रमणले त्यो पराम्परालाई कायम राखेको र पराम्परालाई माथि उठाउन सहयोग गर्ने बताए। यो भ्रमणले नेपाल र भारतको मैत्री, संस्कृतिक र धार्मिक सम्बन्धलाई प्रतिविम्भित गर्ने ओलीले विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले पहिला भएका केही संभौताको काममा ढिलाई भएको बताउँदै अब बिलम्ब गर्न नहुने बताए। ढिलाई भएका कामलाई तत्काल अघि बढाउनुपर्ने उनको भनाई थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्