सैघाली खबर,
बैशाख २८ रोल्पा । रोल्पामा बसलाई साइड दिने क्रममा ट्याक्टर खोलामा खस्दा दूईजनाको घटनास्थलमै ज्यान गएको छ ।
प्रदेश नम्बर ७ बाट खेलाडी लिएर सदरमुकाम लिबाङतर्फ आउँदै गरेको महाकाली यातायातको ना २ ख ५२५ नम्बरको यात्रुवाहक बस र सुलिचौरबाट खुङ्ग्रीतर्फ गैरहेको लु १ त ७१५६ नमबरको ट्याक्टरले सुनिल स्मृती गाउँपालिका (२ खुङ्ग्रीको देउखुरि खोला नजिकै घुम्तिमा साइड दिने क्रममा ट्याक्टर खोलामा खस्दा ट्याक्टरमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर छिर्नेका अन्दाजी २८ बर्षीय शिव वली र सोही गाउँपालिका बाग्माका अन्दाजी २८ बर्षीय ट्याक्टर चालक तारा रोकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका किरण रानालाई सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोल्पुर मेडिकल कलेजम रिफर गरिएको छ ।
रोल्पामा शनिबारबाट सुरु हुने सभामुख कपका लागि प्रदेश नम्बर ७ बाट खेलाडी लिएर आएको बसमा समान्य क्षती पुगेको छ भने बसमा सवार सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।