दाङ, १२ असार– मौन अवधिमा पनि का“ग्रेसको प्रचारमा हिडेका सभासद् डिल्ली बहादुर चौधरी र गरिवी निवारण कोषका कार्यकारी प्रमुख नहकूल केसीलाई तुलसीपुर उपमहानगरपालिका–१७ भेलाहीमा गाउ“लेहरुले आज लखेटेका छन् ।
बा ८ च ८२८२ नम्बरको गाडीमा का“ग्रेसको प्रचार गर्दै आज अपरान्ह भेलाही पुगेका चौधरी र केसीसहितको टोलीलाई मौन अवधिमा पनि प्रचार गरी आचारसंहिता उल्लंघन गरेको भन्दै गाउ“लेहरुले लखेटेका हुन् । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि काम गर्न पाइदैन । हिजो राती १२ बजेदेखि मौन अवधि शुरु भएको छ
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।