२८ वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीले जानकी मन्दिर दर्शनका लागि मिलाइदिएकोमा धन्यवाद दिएका छन्
जानकी मन्दिर परिषरमा रामायण सर्किटको उद्घाटन कार्यक्रममा मोदीले ओलीले विशेष धन्यवाद दिए । उनले भने, ‘नेपालका प्रधानमन्त्री मेरा आदरणीय मेरा भाइ केपी ओलीलाई विशेष धन्यवाद छ ।’
जवाफमा प्रधानमन्त्री ओलीले जनकपुर मन्दिरको पौराणिकताका बारेमा जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीबाट जनकपुरको पवित्र भूमिमा आएर अनेक सामाजिक सम्बन्धहरूलाई प्रतिविम्बित गरेको बताए ।
ओलीले नेपाल र भारतबीच ‘जनकपुर–अयोध्या’ बस सेवाको आरम्भ भएको ओलीले बताए । अर्थात रामायण सर्किट सुरु गरेको ओलीले बताए । दुबै प्रधानमन्त्रीले हरियो झण्डाले संकेत दिएका थिए ।
ओलीले धेरै काम गर्नुपर्ने भएको भन्दै ती कामहरूलाई ढिलाइ गर्न नहुने बताए ।नेपालको तराई र भारतको सिमा क्षेत्रको रहनसहन मिल्ने भएकोले एउटै पोशाक लगाएका हुन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।