भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ ।
स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्व अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।
मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको छ ।
स्वागतका क्रममा बारागुङ गाउँपालिकाका तर्फबाट ताम्रपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुक्तिनाथ विकास समितिका तर्फबाट शालिग्राम र बौद्ध लामाबाट बुद्धको मूर्ति दिइने तयारी गरिएको छ ।
स्थानीय संस्कृति अनुसार संस्कृति प्रदर्शनको तयारी गरिएको रानीपौवा आमा समूहका अध्यक्ष कन्दु गुरुङले जानकारी दिनुभयो ।
रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।