मुख्य समाचार

नेपालीले बनाउन सक्ने “अरुण तेश्रो” भारतलाई किन दिए ओलीले ?

By थाहा अनलाइन

May 12, 2018

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौँको द्वारिकाज होटलमा संयुक्त रूपमा स्वीच थिचेर अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरेकाछन् ।

अनेक विवादका कारण चर्चाको शिखरमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको अन्ततः शिलान्यास भएको छ । ९ सय मेगावाट क्षमताको यो जलविद्युत आयोजना संखुवासभामा पर्छ ।

शिलान्यास कार्यक्रममा संखुवासभाबाट प्रत्यक्ष प्रशारणको व्यबस्था मिलाइएको थियो ।

भारत सरकारको लगानीमा यो आयोजना बन्न लागेको हो ।

आयोजनाको निर्माण भारत सरकारको समेत लगानी रहेको सतलज कम्पनीले गर्नेछ ।

थोरै लगानीमा नेपालीले नै बनाउन सक्ने यो परियोजना भारतीयलाई दिएकोमा सर्वत्र विरोध हुँदै आएको छ ।