निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै दुई प्रहरी लाई निलम्वन



सैघाली अनलाईन खवर
असार १२ , दाङ। स्थानिय तहको दोस्रो निर्वाचनको मुखमा दाङमा प्रहरी आचरण विपरीत काम गर्ने दुई जना प्रहरीलाई कारवाही गरीएको छ ।jilla-police 1 निर्वाचनको अनुगमनमा खटिनु भएका जिल्ला प्रहरी प्रमुख एसपि धिरजप्रताप सिँहले निर्वाचनको अनुगमनकाक्रममा प्रहरी आचरण विपरीत काम गरेको पाईएपछि दुई जना प्रहरी हवल्दारलाई कारवाही गरीएको जानकारी दिनु भयो । तुलसिपुरको निर्वाचनमा खटिएका प्रहरी हवल्दार विरबहादुर कुवर र प्रेम डाँगिले प्रहरीको आचरण विपरीत काम गरेकाले उनिहरुलाई पदवाट निलम्वन गरीएको एसपि सिँहले बताउनु भयो । उनिहरुमाथि घटनाको वारेमा अनुसन्धान पनि सुरु गरीएको उहाले जानकारी दिनु भयो । उहाले निर्वाचनको अनुगमनमा आफै खटिएको जानकारी दिदै प्रहरी आचरण विपरीत क्रीयाकलाप र निर्वाचन विरोधि गतिविधि गर्ने जोकोहीलाई त्यसै नछाड्ने चोतावानि दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्