मुस्ताङको जंगलमा प्रहरीले झादू लगाउदै



२६ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि मुस्ताङमा सरसफाई तीव्र पारिएको छ ।

मोदीले आगामी बैशाख २९ गते मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको भ्रमण गर्ने कार्यतालिका रहेको छ । उनको स्वागतका लागि मन्दिर परिसर तथा त्यस आसपास रहेका जंगलबीचका बाटोमा समेत सशस्त्र प्रहरीले सरसफाई गरेको छ ।

जिल्ला कार्यसमितिको एक्सन टिमले मन्दिर परिसरको मर्मत सम्भार, भीआइपी कक्षको व्यवस्थापन, मिनि आइसीयूको ब्यवस्था, शौचालयको मर्मतसम्भार, १ सय ८ धारामा सुनौलो रंग लगाउने काम गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताएका छन् । यस्तै हेलिप्याड पनि निर्माण गरिएको छ ।

मोदीको भव्य स्वागतका लागि जिल्लाका जनप्रतिनिधि, गाँउपालिकाका अध्यक्ष र स्थानीय भद्रभलाद्मी रहको स्वागत कमिटी बनाइएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्