अहिलेसम्म यस्तो रह्यो मोदीको नेपाल भ्रमण फोतो मा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएको छ । जनकपुरबाट शुरु भएको मोदीको नेपाल भ्रमणका क्रममा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको थियो । जनकपुरमा मोदीले जानकी मन्दिर गएर पुजाअर्चना गरेका छन् । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो ।

जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गरेका थिए । त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहभएको थियो । जहाँ उनलाई १ सय २१ किलाको तीन माला लगाएर सम्मान गरिएको थियो । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी अहिले काठमाडौँ आउनुभएको छ । अहिलेसम्मको मोदी भ्रमणः

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्