प्रदेश ३

चितवनमा भएको सडक दुर्घटनामा एकको मृत्यु,एक घाइते

By थाहा अनलाइन

May 12, 2018

चितवन, २९ वैशाख

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ पम्फा पुलमा सनिबार बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५ एबी ९४९४ नं को डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नं को ट्रक आज बिहान २ः३५ बजे जुध्दा गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको बिहान ६ः३१ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

सोही ट्रक धनी र नेपाली ट्रकका चालक एवं सहचालकको उपचार भइरहेको र ती खतरामुक्त रहेका छन् । – रासस