मोदीलाई सेनाले सलाम ठोकिरहँदा टुँडिखेलको आकाशमा कालोझण्डा यसरी



काठमाडौं । सरकारले जति कडा सुरक्षा दिएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी, कालोझण्डा, पुत्ला दहन रोकिएन । नेपाल कम्युनिस्ट पार्टीले राजधानी काठमाडौँलगायत देशभर दिउँसै पुत्ला दहनको नेतृत्व गर्यो । त्यसैगरी जनकपुरबाट दिउँसो काठमाडौँ आएका मोदीको सम्मानमा नेपाली सेनाले टुँडिखेलमा विशेष सम्मान गर्यो । नेपाली सेनाले मोदीलाई सलामा ठोकिरहँदा टुँडिखेलकै आकाशमा भने कालोझण्डा फहराईरहेका थिए । नेकपा (क्रान्तिकारी माओवादी)को अगुवाईमा काठमाडौँका विभिन्न स्थानबाट मोदीविरुद्ध कालोझण्डा उठाएका थिए । नेपाली सेनाको हेलिकोप्टर आकाशमा सम्मान र सुरक्षाको लागि उडिरहेको थियो, त्यो सँगसँगै भारतीय हस्तक्षेप र मोदीविरुद्ध नारा लेखिएका झण्डा बेलुनसँगै उठिरहेका थिए । मोदीको नेपाल भ्रमण राष्ट्रघातकै श्रृखला भएको भन्दै क्रान्तिकारी माओवादीले कालोझण्डासहित विरोध प्रदर्शन गरेको हो । भारतीय सेना, नेपाली सेना, सशस्त्र र जनपथले कडा सुरक्षा दिएको भनिएपनि क्रान्तिकारी माओवादीका नेताको अगुवाईमा टुँडिखेलको वरिपरि सुन्धरा, भृकुटीमण्डप, बागबजार, भोटाहिटी, वीरअस्पताल, र न्यूरोडगेटबाट मोदी भ्रमणको विरोधमा कालोझण्डासहितको बेलुन उडाइएको थियो । झण्डामा भारतीय विस्तारवाद मूर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, मोदी गो व्याक टु इण्डियालगायतका नारा लेखिएका थिए । क्रान्तिकारी माओवादीको विरोधलाई असफल बनाउन विहानै नेता कार्यकर्तालाई कार्यालयमै प्रवेश गरेर गिरफ्तार गरेको थियोअसनमा रहेको क्रान्तिकारी माओवादीको जिल्ला कार्यालयमा हस्तक्षेप गरी प्रहरीले ६ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।
कालो झण्डा प्रदर्शनको नेतृत्व पार्टी केन्द्रीय सदस्यहरुले नै गरेका थिए । बेलुन उडाउँदै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्