उपराष्ट्रपति पुत्र दिपेश पुनले गरे अभियानको नेतृत्व 



उपराष्ट्रपति पुत्र दिपेश पुनले गरे अभियानको नेतृत्व

अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा आर्थिक सहयोग संकलन सुरु भएको छ । दिपेशको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर आर्थिक संकलन अभियान शुरु भएको घोषणा गर्दै सहयोगका लागि सबैसँग अपील गरेको छ ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुईवर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक दिपेश पुनले दिलबहादुरको परिवारको आर्थिक अवस्था कम्जोर रहेकाले उनको जीवन रक्षाका लागि आफूहरुले अभियान सुरु गरेको बताए । ‘परिवारका मान्छे ढुक्क हुनुस्, हामी दिलबहादुरको जीवन रक्षा गरेर नेपाल फर्काउने छौँ, यसका लागि आजैबाट अभियान सुरु भयो,’ उनले भने, ‘म देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुलाई दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्न अपील गर्दछु ।’

पत्रकार सम्मेलनमा दिलबहादुरकी पत्नी मनिका बुढाले आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्न सबैसँग अपील गरिन् । ‘मेरो श्रीमान बचाउन सक्ने मेरो हैसियत छैन, सबैको सहयोगले मात्रै उहाँ बच्न सक्नुहुन्छ’, उनले भनिन्, ‘म सबैसँग सहयोग माग्छु ।’

नेपाल मगर संघका अध्यक्ष तथा जनजाति महासंघका उपाध्यक्ष नवीन रोकामगरले मगर संघ र जनजाति महासंघका सबै शाखाहरुलाई सहयोगका लागि निर्देशन दिए । रिपोर्टस् क्लवका अध्यक्ष ऋषि धमलाले दिलबहादुरको जीवन रक्षाका लागि आफूले पूर्ण सहयोग गर्ने बताए ।

अभियानले सहयोगका लागि बैंक खातासमेत सार्वजनिक गरेको छ । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं. को खाता खोलिएको अभियानले जानकारी गराएको छ ।

वक्तव्यको पूर्ण पाठ र दिलबहादुर घर्ती विवरण
दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५
रोल्पा, ५ नं. प्रदेश, नेपाल
प्रेस वक्तव्य
आदरणीय पत्रकार साथीहरु,
साउदी अरबेलियाको जेलमा मृत्युदण्डको सजाय कुरेर बसिरहनुभएका रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि सबै सँग आर्थिक सहयोगका लागि अपील गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
रोल्पा नगरपालिका–१०, रोल्पा स्थायी घर हुनुभएका दिलबहादुर घर्तीमगर विगत २ वर्षदेखि साउदी अरबियाको जेलमा मुत्युदण्डको सजाय कुरेर बसि रहनुभएको कुरा सञ्चार तथा अन्य माध्यामबाट सार्वजनिक भइसकेको छ । दिलबहादुरले चलाइरहेको कम्पनीको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएको दुर्घटनामा दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकलाई २ लाख २५ हजार रियाल (नेपालीमा झन्डै ६३ लाख देखी ६५ लाख) क्षतिपूर्ति दिएपछि माफी हुने अदालतले फैसला गरेको छ । उक्त रकम नतिरेमा उहाँलाई मृत्युदण्डको फैसलामा अदालतले सुनाएको छ ।
घर व्यवाहार चलाउने धन कमाउन गएका दिलबहादुरको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेकोले अदालतले तोकेको क्षतिपूर्ति बापतको रकम परिवारले तिर्न सक्ने अवस्था छैन । मृत्युदण्डको फैसलासँगै स्वदेश तथा विदेशमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग संकलन सुरु गरिसक्नुभएको छ । दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५’ मूल समिति गठन गरी औपचारिक रुपमा सुरु गरिएको यहाँहरु मार्फत सबैमा जानकारी गराउँदछौँ । यो अभियानलाई अझै फराकिलो बनाउन मूल समितिलाई विस्तार गरिदै गइनेछ ।
दिलबहादुर घर्तीको जीवन रक्षाका लागि सहयोग गर्नु सबैको दायित्व हो भन्ने हामीले महसुस गरेका छौँ र कर्तव्य ठानेका छौँ । उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिनु हुन र यो अभियानमा सहभागी भईदिनु हुन स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा अपील गर्दछौँ । स्वदेश तथा विदेशमा रही सहयोग संकलन जारी राख्नुभएका संघ संस्थाहरु, सहयोग प्रदान गरिराख्नुभएका महानुभाव तथा संघ संस्थाहरुलाई धन्यवाद दिन चाहान्छौँ ।
सहयोगका संकलनका लागि अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा खाता खोलिएको जानकारी गराउँदछौँ ।
बैंक ः नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा
खातावालाहरु, दिपेशकुमार पुन, जीवनप्रवेश रोकामगर र मनिका बुढामगर
खाता नं. ११९००२८६०७१०

सम्पर्क
दिपेश पुन (संयोजक)
जिवन रोका (सचिब) ९८५११९७२५८
मनिका बुढा (दिलबहादुरको श्रीमती) ९८४४९६९५४९

सचिव दिलबहादुरको श्रीमति संयोजक
जिवनप्रवेश रोकामगर मनिका बुढामगर दिपेश पुन

दिलबहादुरको परिचय

ठेगाना ः रोल्पा नगरपालिका १० साविक धबाङ ५ पेवा रोल्पा
उमेर ः ३० वर्ष
बुवाआमा ः रामबहादुर घर्ती÷बिमाकुमारी घर्ती
श्रीमती ः मनिका बुढामगर
सन्तान ः छोरी नमुना ८ वर्ष, छोरा साइन्स ४ वर्ष
दिलबहादुर घर्ती परिवारको न्यून अवस्थाको कारण
घटना विवरण
रोजगारीको सिलसिलामा दिलबहादुर घर्तीमगर डिस्टीनी प्लेसमेन्ट सर्भिसेज बानेश्वरबाट २०७२।१०।१८ मा साउदी अरबको रियादस्थित ःबवष्म ब् िम्ष्बदबजष् ऋयलतचबअतष्यल ७ भ्कत। च्ष्थबम कम्पनीमा पुगेका थिए । उक्त कम्पनीमा नेपालबाट म्यान पावरले स्काभेटर अप्रेटर चालक भनेर पठाए पनि कम्पनीले मालबाहक ट्रक चालकको जिम्मेवारी दिएपछि सोही काम गर्न उनी बाध्य भए ।
रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिकइतभभत्र दष्ल म्नबाब मप म्यनजबभिभम ले चलाएको कारठोक्किन आउँदा निज साउदी नागरिकको ज्यान ज्यान गएपछि दिलबहादुर मिति २०७३ जेठ ३० गते जेल परेका थिए तर अदालतले दिल बहादुरको पक्षमा ७५ प्रतिशत गल्ती देखाई २ लाख २५ हजार रियल (नेपालीमा झन्डै ६३ लाख देखी ६५ लाख) नेपाली रुपैया मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला ग¥यो । त्यसपछि नेपाली दुताबासले दिलबहादुरका पक्षबाट पुनरावेदन गरे पनि अदालतले पुरानै फैसलालाई सदर ग¥यो । र हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर मृत्युको दिन कुर्दै साउदी जेलमा जीवन बिताइरहेका छन् ।
रोल्पाको दुर्गम गाउँमा जन्मिएर रोजीरोटीका लागि विदेश गएका दिलबहादुर जेल परेपछि उनकै सहारामा रहेको परिवारमा बिचल्ली भएको छ । कमजोर आर्थिक अवस्थाका कारण परिवारले क्षतिपूर्तिवापतको रकम तिर्न सक्ने अवस्था छैन । त्यसैले दिलबहादुरलाई बचाउन सबैले रकम संकलन गरेर कोष बनाई उनलाई नेपाल फर्काउन दिलबहादुर घर्ती बचाउन ब्लडमनी संकलन अभियान–२०७५ शुरु गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्