नेतृत्व गर्न सिक्दै सहकारीकमीहरु



सैघाली खबर,
तुलसीपुर २९ बैशाख ।
तुलसीपुरमा सहकारी नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम शुरु भएका

छ । सहकारीकर्मीहरुको नेतृत्व बिकासका लागि शुक्रबार देखि तालिमका

आयोजना गरिएको हो । जिल्ला सहकारी संघ दाङको आयोजना तथा
सहकारी बिभागको सहयोगमा तालिम शुरु भएको हो । तालिममा तुलसीपुर
क्षेत्रमा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
यसैबीच तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । संघका
अपाध्यक्ष शेषुराम भण्डारीको अध्यक्षता तथा तुलसीपुर
उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा
कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि प्रमुख पाण्डेले सहकारी
नै समृद्धिको आधार भएकाले सहकारीको बिकास आबश्यक रहेको बताए ।
सहकारीको बिकासका लागि सहकारीकर्मीमा नेतृत्व बिकास हुन जरुरी रहेका

बताए ।
तालिमको प्रशिक्षकमा सहकारी अभियनता शेसुराम भण्डारी, शुक्र भण्डारी,
रुप बहादुर खत्री, कृष्ण शर्मा, हेमराज गौतम, गोपाल पौडेललगायत रहेका
छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्