मुख्य समाचार

नेतृत्व गर्न सिक्दै सहकारीकमीहरु

By थाहा अनलाइन

May 12, 2018

सैघाली खबर, तुलसीपुर २९ बैशाख । तुलसीपुरमा सहकारी नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम शुरु भएका े छ । सहकारीकर्मीहरुको नेतृत्व बिकासका लागि शुक्रबार देखि तालिमका े आयोजना गरिएको हो । जिल्ला सहकारी संघ दाङको आयोजना तथा सहकारी बिभागको सहयोगमा तालिम शुरु भएको हो । तालिममा तुलसीपुर क्षेत्रमा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । यसैबीच तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । संघका अपाध्यक्ष शेषुराम भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि प्रमुख पाण्डेले सहकारी नै समृद्धिको आधार भएकाले सहकारीको बिकास आबश्यक रहेको बताए । सहकारीको बिकासका लागि सहकारीकर्मीमा नेतृत्व बिकास हुन जरुरी रहेका े बताए । तालिमको प्रशिक्षकमा सहकारी अभियनता शेसुराम भण्डारी, शुक्र भण्डारी, रुप बहादुर खत्री, कृष्ण शर्मा, हेमराज गौतम, गोपाल पौडेललगायत रहेका छन्