निर्वाचनको तयारी पूरा, भोलि पानी पर्न सक्ने अनुमान



असार १३

aayeggggggggggg

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले भोली निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा ३७ जिल्लाका ६४ लाख ३२ हजार सात सय ६५ मतदाताले भोट खसाल्न पाउनेछन् । तीन सय ३४ स्थानीय तहको निर्वाचनको लागि आठ हजार तीन सय ६४ मतदात केन्द्रको ब्यबस्था गरिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै मतदान केन्द्रमा पालको व्यवस्था गर्न निर्देशन दिएको जानकारी दिनुभयो । मतदानको दिन भोली पानी पर्न सक्ने मौसम्विद्को भनाईपछि आयोगले वर्षात्बाट मतदाता र मतपेटिकालाई जोगाउन आवश्यक ब्यबस्था मिलाउन निर्देशन दिएको हो ।
यसैबिच मौसमविद् बरुण पौडेलले  भोली दिनभर नै छिटपुट वर्षा हुन सक्ने बताउनुभयो । उहाँले पूर्वि पहाडी क्षेत्रमा वर्षात्को सम्भावना धेरै रहेको बताउनुभएको छ । बिहान पख बादल लाग्ने भएपनि दिउँसोबाट पानी पर्ने सम्भावना रहेकाले बिहानको समयमै मतदान गरिसक्नु उपयुक्त हुने उहाँको सुझाव छ ।

 

 

 

साथै पानीबाट जोगिन छाता, रेनकोट (वर्षादी) बोकेर हिंडन पनि निर्वाचन आयोगले भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्