तुलसीपुरको समृद्धिकालागि खेलको बिकास ः कुमाल



सैघाली खबर,
तुलसीपुर २९ बैशाख ।

तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमालले युवाहरुलाई खेलकूद सामाग्री हस्तान्तरण गरेका छन् । शुक्रबार वडा नंबर ७ का युवाहरुलाई क्रेकेट र फुटबल हस्तान्तरण गरिएको हो । तुलसीपुरलाई खेलकूद मैत्री बनाउन प्रेरण दिने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको कार्यपालिका सदस्य कुमालले बताए । खेलकूदको माध्यामबाट उपमहानगरलाई समृद्ध बनाउन सकिने भन्दै तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने लक्ष्य स्वरुप उक्त कार्य गरेको उनको भनाई छ ।‘खेलको बिकास भयो भने उपमहानगर समृद्ध बन्छ’ उनले भने‘त्यसैले खेल मैत्री बनाउन खेलकूदका सामाग्री हस्तान्तरण गरेको हुँ ।’ खेलकूदले युवाहरुलाई सहि मार्गमा हिडाउन, अनुशासन बनाउन पनि मद्धत गर्ने भन्दै युवाहरुलाई दुब्र्यसनीजस्ता कु–कर्ममा लाग्न नदिन पनि खेलकूद क्षेत्रमा आकर्षण गरेको उनको भनाई थियो । खेल राष्ट्रको गौरब भएकाले तुलसीपुरलाई पनि अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने उनको भनाई छ । त्यसैले पनि युवाहरुलाई खेल क्षेत्रमा आर्कषण गर्न आबश्यक रहेको उनको तर्क थियो ।

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्