बिद्यार्थीको भबिष्य शिक्षकको हातमाः पाठक



सैघाली खबर,
तुलसीपुर २९ बैशाख ।

 

उनले बिद्यार्थीको भबिष्य शिक्षकले निर्धारण गर्ने भन्दै शैक्षिक सुधारमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । अखिल नेपाल शिक्षक संगठनले तुलसीपुरमा आयोजना गरेको ‘शिक्षा र शिक्षक व्यबस्थापनमा चुनौती र समाधानका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुको भूमिका महत्वपूण रहेको बताए । जसले गर्दा शिक्षकहरु गम्भीर बन्नुपर्ने बेला आएको उनले बताए ।‘शैक्षिक सुधारमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने‘त्यसैले शिक्षकहरु गम्भीर बन्न जरुरी छ ।’ सरकारी बिद्यालयका शिक्षकहरु तलबको लागि मात्रै बिद्यालय पुग्ने प्रबृतिको अन्त्य नहुँदा सम्म शैक्षिकस्तर उकास्न नसकिने उनले तर्क गरे ।

संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका पाठकले सरकारले पनि शिक्षकहरु बृद्धि गर्न तर्फ ध्यान नदिदासम्म शैक्षिक गुणस्तर बृद्धि गर्ने कुराले सार्थकता पाउन नसक्ने बताए । ‘सरकारले अझै आबश्यक अनुसार शिक्षक पु¥याउन सकेको छैन’ उनले भने‘यो समस्या समाधान नहुँदा सम्म शैक्षिक गुणस्तर बृद्धि गर्न सम्भव छैन् । ’

अहिले पनि सरकारी बिद्यालयले नै अभिभाबकबाट चर्को शुल्क असुल गरिरहेको भन्दै उनले यस्ता धेरै समस्याले गर्दा शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको बताए ।

अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्लीराज डिसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले सरकारले शिक्षामा करोडौ लगानी गरेपनि त्यो लगानीको कुनै सार्थकता नभएको उनको भनाई छ ।‘सरकारले शिक्षाका लागि करोडौं बजेट बिनियोजन गरेको छ’ उनले भने ‘ तर त्यो लगानी सहि ठाउमा लग्न सकेको छैन् ।’ अहिले सबै बिद्यालयमा कम्प्युटर बिषयको पढाई भईरहेको छ तर कम्प्युटर जडान गरिएको छैन्, यस्तै थुप्रै कारणले शिक्षामा गुणस्तरीयता खस्कदै गएको उनले बताए । साथै उनले बिद्यालयलाई शान्ति क्षेत्र नभई राजनीति गर्ने थलो बनाईएको छ, यसले पनि शैक्षिक सुधारमा नकारात्मक असर गरिरहेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, शिक्षा शाखा प्रमुख भाष्कर गौतम,बिष्णु प्रसाद आचार्य, प्रतिमा चौधरी, संगठनका प्रदेश उपाध्यक्ष मोहन वली,उपाध्यक्ष नरायण प्रशाद, शुष्मा गिरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । गुणाकर भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब बिष्णु खत्रीले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्