समाचार

मोदीद्वारा मुक्तिनाथमा विशेष पूजा सम्पन्न

By थाहा अनलाइन

May 12, 2018

सैघाली खबर, काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा श्रद्धाभक्तिका साथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।

बिहानै मुक्तिनाथ पुगेका मोदीले विधि र परम्पराअनुसार झण्डै वीस मिनट पूजा गरेका हुन् ।

मोदीको स्वागतमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति मन्त्री रविन्द्र अधिकारसहितका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।