राजधानीबारे फेरी बोले मुख्यमन्त्री पोख्रेल, राजधानी बारे यस्तो भनेपछि



दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी बिबाद रहित ढंगले उपयुक्त ठाउँमा स्थापना हुने बताएका छन् । प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मुख्यमन्त्रि पोखरेलले प्रदेशको स्थायि राजधानि सहमति र सबैलाई पायक पर्ने ठाउँ तोकिने बताएका हुन् ।

दुबै तिर दुई तिहाई नपुग्ने भन्दै उनले अब राजनितिक सहमति र बैज्ञानीक ढंगबाट स्थायी राजधानीको टुंगो लाग्ने बताए । प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले आफ्नो अनुकुलका नीति तथा योजनाहरु बनायर लागु गर्ने बताए । प्रदेशको आवधिक योजना बनाउने र लागु गर्ने उनको भनाई छ ।

कानुन निर्माण गर्न कानुन आयोग र प्रादेशक योजना आयोग बनाएको मुख्यमन्त्री पोखरेलको भनाई छ । केन्द्रले बनाएर दिएका योजना अनुसार अघि बढ्नुभन्दा पनि आफ्ना योजनाका साथ अगाडी बढ्ने धारणा राखे । नेपालको विकासमा दुई छिमेकी देशको साथ लिएर अघि बढिने उनले बताए । विकासमा छिमेकीको साथ प्राप्त गर्नेगरि अघि सरकार अगाडी बढेको उनको भनाई थियो ।

देशको परराष्ट्र नीति तनाव र कटुटताबाट मुक्त भएको मुख्यमन्त्री ले वताए । उनले जेठ १५ मा संघीयाताको मर्म अनुसार बजेट आउने र भोलिको भविष्य तय हुने जानकारी दिए । संगठन संरचनाहरु प्रदेशका हस्तान्तरण नहुँदा समस्या परेको उनको भनाई छ ।

दाङको विकास र समृद्धिका लागि सबै खाले शक्ति लगाउन तयार रहेको भन्दै आफुलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे । संघिय सरकारले प्रदेशलाई बजेट र जनशक्ति हिसावले वलियो बनाउन खोजेको भन्दै आवश्यक्ता अनुसार अपुग जनशक्तिका लागि प्रदेश ५ ले आफै विज्ञापन गर्ने भर्ना गर्नेसमेत उनले जानकारी दिए ।

जिल्लाको स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रको चौतर्फी विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानिय सरकारसंग समन्वय गरेर जानेसमेत पोखरेलको भनाई थियो । नेकपा एमालेका प्रभावशालि नेता समेत रहेका पोखरेलले जेठभित्रै पार्टि एकताको टुंगो लाग्ने बताए । पार्टि एकता अपरीहार्य रहेको भन्दै सबै कुरा मिलाएर गरीएको एकता दिर्घकालिन र परीपक्वता हुने बताए । कार्यक्रमको सहजिकरण प्रेस सेन्टरका सचिब पाण्डब शर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्