रेडियो मध्यपश्चिमको १२ औँ स्थापना दिवस – बृद्धाश्रममा खाद्यान्न वितरण



सैघाली खबर,

घोराही, २९ बैशाख ।
दाङ सुचना तथा संचार सहकारी संस्थाद्धारा संचालित रेडियोको मध्यपश्चिमको १२ औँ वार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको बृद्धाश्रममा खाद्यान्न सामाग्रि प्रदान गरिएको हो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष माधव प्रसाद शर्माका अनुसार चामल, तेल, दाल, आलु, लगाएतका हरियो तरकारी प्रदान गरिएको हो । खाद्यान्न वितरण कार्यक्रमका संयोजक जितसागर जिएमको अध्यक्षता तथा रेडियो सञ्चालक समितिका अध्यक्ष शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

खाद्यान्न वितरण कार्यक्रममा तेरौटे वृद्धाश्रमका अध्यक्ष भुपाल गिरीले रेडियो परिवारलाई धन्यवाद दिनुभएको थियो । उहाँले रेडियो वृद्धवृद्धाका पक्षमा विभिन्न सहयोग गरेको भन्दै आगामी दिन संचार जगतमा राम्रो बन्न सकोस भन्दै रेडियोलाई शुभकामना पनि दिनुभएको थियो ।

आगामी जेठ एक गते औपचारिक कार्यक्रमको आयोजना गरि १२ औँ स्थापना दिबस मनाउने गरि तयारी भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्