मुख्य समाचार

रेडियो मध्यपश्चिमको १२ औँ स्थापना दिवस – बृद्धाश्रममा खाद्यान्न वितरण

By थाहा अनलाइन

May 12, 2018

सैघाली खबर,

घोराही, २९ बैशाख । दाङ सुचना तथा संचार सहकारी संस्थाद्धारा संचालित रेडियोको मध्यपश्चिमको १२ औँ वार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको बृद्धाश्रममा खाद्यान्न सामाग्रि प्रदान गरिएको हो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष माधव प्रसाद शर्माका अनुसार चामल, तेल, दाल, आलु, लगाएतका हरियो तरकारी प्रदान गरिएको हो । खाद्यान्न वितरण कार्यक्रमका संयोजक जितसागर जिएमको अध्यक्षता तथा रेडियो सञ्चालक समितिका अध्यक्ष शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

खाद्यान्न वितरण कार्यक्रममा तेरौटे वृद्धाश्रमका अध्यक्ष भुपाल गिरीले रेडियो परिवारलाई धन्यवाद दिनुभएको थियो । उहाँले रेडियो वृद्धवृद्धाका पक्षमा विभिन्न सहयोग गरेको भन्दै आगामी दिन संचार जगतमा राम्रो बन्न सकोस भन्दै रेडियोलाई शुभकामना पनि दिनुभएको थियो ।

आगामी जेठ एक गते औपचारिक कार्यक्रमको आयोजना गरि १२ औँ स्थापना दिबस मनाउने गरि तयारी भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।।