शिक्षामा सुधार आबश्यक



सैघाली खबर,

तुलसीपुर २९ बैशाख ।

समाजमा वातावरणीय शिक्षाको बिकास ( सीड)को १६ औ साधारणसभा तथा आठौ अधिबेशन भएको छ । संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष सीता बस्नेतको प्रमुख आतिथ्य एबं वडा नंबर १७ का सदस्य लबरु चौधरीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बक्ताहरुले शैक्षिक सुधारका लागि सीडको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । शिक्षाका समस्या समाधान गर्न सीडले चालेका कदमहरु प्रसंसनीय रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा सीडका कार्यक्रम निर्देशन भागिराम चौधरी, लेखराज बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

आर्थिक प्रतिबेदन भागिराम चौधरी, बार्षिक प्रगति प्रतिबेदन सचिब प्रकाश श्रेष्ठले प्रस्तुत गरेका थिए । उपाध्यक्ष सोमती चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रको सहजीकरण सचिब प्रकाश श्रेष्ठले गरेका थिए ।

नयाँ कार्यसमिति चयन

यसैबीच शुक्रबार भएको अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । राममोती चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमित चयन गरिएको छ । जसको उपाध्यक्षमा सोमती चौधरी, सचिबमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा देवेन्द्र चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिरा चौधरी,लेखराज बस्नेत, रेनुका बिकलाई चयन गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्