‘अर्गानिक खाद्यपुरक बस्तुको प्रयोग गरौं’



सैघाली खबर,
तुलसीपुर २९ बैशाख ।

पछिल्लो समय हामीले दैनिक खाने खानामा क्यालोरीको मात्रा घट्दै गईरहेको छ । हाम्रो खानामा २८ सय क्यालोरि शक्ति हुनुपर्ने हो । तर पछिल्लो समय ४ सय देखि ६ सय क्यालोरी मात्रै खाना हुन्छ । खानामा हाम्रो शक्तिलाई आबश्यक पर्ने क्यालोरी नहुँदा बिभिन्न किसमका नयाँ नयाँ रोगहरु लाग्ने गर्छन् र हामी अकालमै मृत्यु हुनुपर्ने हुन्छ । खानामा क्षमता घट्दै गएका कारण पछिल्लो समय मानिशको आयु पनि घट्दै गइरहेको एक तथ्याङले देखाएको छ ।

त्यसैले हाम्रो शरिरलाई आबश्यक पर्ने २८ सय क्यालोरी शक्ति उत्पादन गर्न अर्गानिक वल्र्ड गु्रपले खाद्यपूरक बस्तुहरु बजारमा ल्याएको छ । गु्रपले बिभिन्न अर्गानिक पौष्टिक खाद्यपूरक, पेयपदार्थ, ब्यक्तिगत हेरचाह र सौन्दर्य साधनका बस्तुहरु उत्पादन गरी बजारमा ल्याएको जनाएको छ । तुलसीपुरका लागि तुलसीपुर ५ नामिनगर हष्पिटल रोडमा रहेको राप्ती सञ्जीवनी आर्गनिक सेन्टरले उक्त खाद्यपूरक बस्तुहरु बिक्रिबितरण गर्दै आईरहेको छ ।

ती खाद्यपूरक बस्तुहरु प्रयोगले मान्छेको शरिरमा आबश्यक पर्ने पूर्ण शक्ति प्राप्त हुनुका साथै स्वस्थ तन्दरुस्त राख्न मद्धत पुग्ने सेन्टरका प्रमुख सुसिल खड्काले बताए । उनले भने‘यस ग्रुपले उत्पादन गरेका खाद्यपूरक बस्तुहरु प्रयोग गर्दा हाम्रो स्वास्थ्यलाई फाईदा हुन्छ ।’

साथै उक्त सेन्टरले स्वास्थ्य सम्बन्धि सुझाब, प्ररामर्स दिदै आएको खड्काले बताए । बजारमा बिषादीयुक्त खानाहरु हुँदा हाम्रो स्वास्थ्यमा नकारात्मक असर परेको उनले बताए ।

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्