आफैंले बोकेको बम फिस्फोट हुँदा बिप्लव कार्यकर्ताको मृत्यु



असार १३

Netra-bikram-chand-Biplav55
स्थानीय तहको निर्बाचनको पूर्व सन्ध्यामा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ खानेपानी टोलस्थित जीएच एण्ड सन्स होटलको पछाडि गएराति बम बिष्फोटनमा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका–१२ जुगेडाका करिबव २८ वर्षिय चन्द्र सिंह रहेका छन् । उनी नेत्र बिक्रम चन्द बिप्लवको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य रहेको प्रहरीले जनाएको छ । आफैंले बोकेको बम बिष्फोटन हुँदा राती करिब १० बजेतिर उनी घाइते भेटिएको र उपचारका क्रममा केही समयमा पछि मृत्यु भएको हो । प्रहरीले घटनास्थलबाट सिंहको परिचय खुल्ने कागजात फेला पारेको र मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय पनि दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । घाईते सिंहको शरीर क्षतबिक्षत भएको थियो । सिंहको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनशायले बिप्लव समूहले बम बिष्फोटन गराएको हुन सक्ने प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्