हापुरे नेपाल बंगलादेशको बैँकको शाखा स्थापना



सैघाली खबर,
हापुरे२९ बैशाख ।

दाङको बबई गाउँपालिकामा नेपाल बंगलादेशको बैँकको शाखा स्थापना गरिएको छ ।

गाउँपालिकाको केन्द्र हापुरेमा आज एक समारोहकाबीच प्रदेश सांसद उत्तरकुमार वलीले बैंकको ६४ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद वलीले बैँकलाई नाबालक बचत खाता संचालन गर्न बैँकको व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बैँकका शाखा प्रबन्धक स्वाधीनसिंह बस्नेतले आफूहरुले बबई गाउँपालिकामा पनि अन्य शाखा जस्तै सेवा सुविधा दिने बताउनुभयो । नेपाल बंगलादेश बैँक नेपाल राष्ट्र बैँकबाट क वर्गको मान्यता प्राप्त बैँक हो । यो संगै बबई गाउपालिकामा भार्गव विकास बैकं तथा वष्र्टेन डेभलप बैंक पनि सन्थालनमा आइसकेका छन् । बैँक खुलेपछी त्यहाँका सर्वसाधारलाई बैंकीङ कारोबारका लागि थप सहज हुने भएको छ । बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षता तथा प्रदेश सभासद उत्तरकुमार वलिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्