अन्तर्राष्ट्रिय

घर फर्किदै गर्दा मोदि लाई यस्तोतनाव भएको छ तर यो समाचार मोदी हेरेकी हेरेन

By थाहा अनलाइन

May 12, 2018

दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किनै लाग्दा भारतीय प्रधनमन्त्रीलाई तनाव भएको छ । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताए । नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो । भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्शाएको कृष्णनगरका सर्वसाधारण बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका मोदी जनकपुर हुँदै नेपाल आएका थिए। मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्नै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए। मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरे। नेपाल बसाइका क्रममा उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेटेका थिए।