अन्तर्राष्ट्रिय

अदालतको फैसलाले राष्ट्रपति ट्रम्पलाई राहत

By थाहा अनलाइन

June 27, 2017

असार १३

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिम बहुल मुलुकका नागरिकमाथिको यात्रा प्रतिबन्धको आदेशमाथि लागेको रोकलाई आंशिक रुपमा हटाएको छ । योसँगै अदालतले शरणार्थीमाथि प्रतिबन्ध लागू गर्न ह्वाइट हाउसको आपतकालीन अनुरोधलाई पनि स्वीकृति दिएको छ । अदालतले अमेरिकामा बसोबास गर्ने व्यक्तिको पारिवारिक या अमेरिकी संस्थानसँग सम्बन्ध रहेकाहरुमाथि व्यवहारिक रुपमा यात्रा प्रतिबन्ध थोपर्न नसकिने भन्दै बाँकी अरु मुलुकका नागरिक माथि भने फैसला लागू हुने उल्लेख गरेको छ । यसबाट अमेरिकासँग पारिवारिक, शैक्षिक या रोजगारीको सम्बन्ध नभएका देशका नागरिकलाई समस्या पर्ने देखिएको छ । यात्रा प्रतिबन्धमा ६ मुस्लिम बहुल देशका नागरिकले अमेरिका भ्रमणमा ९० दिनको र शरणार्थीलाई १ सय २० दिनको प्रतिबन्धको व्यबस्था गरेको छ । अदालतको यो फैसलालाई ट्रम्पको जितको रुपमा समेत हेरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।