सैघाली खबर, काठमाण्डौँ, २९ बैशाख।
नेपाल रुसमा चलिरहेको सडक बालबालिकाको विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएका दुवै खेलमा जित निकाल्दै नेपाल अन्तिम ८ मा पुगेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले केन्यालाई २–० ले हराएको थियो । नेपालका लागि पवन शाही र सन्तोष खत्रीले गोल गरे ।
यस्तै दोस्रो खेलमा नेपालले ताजकिस्तानलाई ३– १ ले पराजित र्गयो । नेपालको जितमा पवन शाहीले २ गोल गरे भने कप्तान रोशन भुजेलले १ गोल गरे । नेपाल आइतबार उज्केस्थानसँग खेल्दैछ । १४ देखि १७ वर्षसम्मका बालिबालिका सहभागी प्रतियोगितामा २१ देश सहभागी छन् ।
विभिन्न कारणले सडकसम्म पुगेका बालिबालिकाको अधिकार रक्षा र उनीहरुको प्रतिभा देखाउन सन् २०१० देखि सिनियर टोलीको विश्वकप आयोजना गर्ने देशमा सडक बालबालिकाको विश्वकप फुटबल हुँदै आएको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।