सुध्रिएन यातायात सेवा



यात्रु भन्छनः‘कहिले पाउछांै सहजता’

गिरिराज नेपाली
दाङ , २९ वैशाख । दाङमा सार्वजानिक यातायात क्षेत्रको विकास र विस्तार भइरहे पनि यातायात सेवा स्तर फेरिन सकेको छैन । यातायात क्षेत्रको अस्वस्थ्य प्रतिस्पर्धाले सख्यात्मक रुपमा सवारी साधनको थपिदै गइरहे पनि सेवा रुप फेर्न सकेका छैनन । जसले गर्दा आम नागरिकहरु मर्कामा परेका छन ।

चोकमा उभिनै हुन्न तुलसीपुर तुलसीपुर भन्दै झ्याप्पै हात हालिन तान्छन । कहाँ जाने हो? के गर्ने ? सोध्दै नसोधी हात हालेर तान्छन । जसले गर्दा सविधा भन्दा वढिे दुविधा भोग्ने परेको तुलसीपुर उपमहानगरपाकिला १९ का भक्त वहादुर वंलीको दुखेसो छ । ‘एउटा होला र ? दुईतीन एकै पटक हातमा जे–जे छ त्यही खोस्छन ’ – उहाँले बताउनुभयो । जसले गर्दा आफूहरु अप्ठ्यारो भोग्ने गरेकोे उहाँको भनाई छ ।

यात्रुहरुको सहज सेवाका लागि यातायात क्षेत्रको विकास भईरहे पनि सहज सेवाको विकास हुन नसक्दा यात्रुहरुले दुविधा भोग्ने परीरहेको छ । स्थानीय रुटमा चल्ने सार्वजानिक यातायातहरुमा यात्रुमैत्री वातावरणको सिर्जना हुन नसक्दा यात्रुहरुले कष्टकरताको जवरजस्ती सेवा भोग्नु परेको वंलीले गुनासो छ । ‘हातै नहाली आफै गाडीमा चढ्ने दिन कहिले आउला ? ’उहाँले प्रश्न गर्नुभयो । क्षमता भन्दा वढि यात्रु बोक्ने प्रवृत्तिले पनि यात्रुहरु कष्टकर जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यता छ । उभिने नमिल्ने गरी मान्छे कोच्छन जसले गर्दा वृद्धवृद्धा , गर्भवती महिला , वालवच्चाहरु लाई निकै सकस भोग्नु परेको वंलीको गुनासो छ ।

त्यस्तै घोराहीउपमहानगरपालिका – १५ तुलसीपुर चोककी प्रयक्षदर्शी स्थानीय पुष्पा पौडेलले महिला पनि भन्दैनन् वालवच्चा पनि भन्दै झ्याप्पै हात हालि तानि हाल्छन । कतिपयले हप्काउछन पनि कतिपय बोल्नै नसक्ने बताउनुभयो । जसले महिलाहरु लाई वढि दुख हुने गरेको उहाँले बताउनुभयो । ‘ हात हालेर तान्छन, के गर्ने वाध्यताले चढ्ने पर्छ , हातै नहाली बस्नुस् भन्न सकिदैन र ? ’उहाँले पनि प्रश्न गर्नुभयो । यातायात क्षेत्रको विकास र वढ्दो प्रतिस्पर्धाले यात्रुहरु यात्रुमैत्री व्यावहार हराएको छ । जसले गर्दा यात्रुहरुले यात्रुमैत्री व्यवहार पाउन नसकेको पनि उहाँले बताउनुभयो । सार्वजानिक यातायात सेवा नाफामुखी सेवाको रुपमा विकास भइरहेकाले जोखिमपूर्ण यात्रा गर्न वाध्यता अझै नछुटेको उहाँको भनाई छ ।

‘यात्रुमैत्री व्यवहारमा कतिवद्ध छांै ः यातायात व्यावसायीहरु ’
यातायात क्षेत्रको सख्यात्मक विकास मात्रै होईन , सभ्य, सुरक्षित र संस्कारीक यातायात सेवाका विकासम यातायात व्यवसायीहर कटिवद्ध रहेका बताएका छन । राप्ती अञ्चल सार्वजानिक यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भोलानाथ योगीले दाङमा यातायात सेवामा अभाव नभए पनि यात्रुमैत्री व्यवहारको अभाव रहेका बताउनुभयो । जसले गर्दा आम यात्रुहरुलाई अप्ठ्यारोमा परेकाले त्यसतर्फ यात्रु र व्यवसायी दुवै सचेत हुुनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै नमस्ते राप्ती यातायात प्रालीका अध्यक्ष बामदेव खनालले नयाँ सेवाको विकास संगै यात्रुमैत्री व्यवहार र सुरक्षित यातायात सेवाको विकास नै आफूहरुको पहिलो संकल्प रहेका उहाँले बताउनुभयो । सेवामा सख्या थपिए पनि सेवाको संस्कार फेरिन नसक्दा यात्रुहरु मर्कामा परेका संस्कार बदल्ने प्रयासका साथ प्रालीले सेवा विस्तार गरिरहेका उहाँले बताउनुभयो ।

यातायात क्षेत्र अशिक्षित र बेरोजगारीहरुले गर्ने पेशाको भन्ने सोचको अन्त्य गर्न सके यात्रुमैत्री व्यवहार र संस्कारको विकास गर्न सकिने साहारा यातायात प्रालीका अध्यक्ष सुरेन्द्र केसीले बताउनुभयो । प्राली त्यही संस्कार र व्यवहारको अन्त्यका लागि निरन्तर यात्रुकै पक्षमा उभिएका छौं । सेवा सुधार प्रयास गरिरहेका छौ उहाँले बताउनुभयो । स्थानी रुटमा सेवा सञ्चालन गर्न नसक्दा स्थानीय यात्रुहरुले स्तर सेवा पाउन नसकेकाले प्रालीले अब छिट्टै स्थानीय रुटमा सेवा सञ्चालन गर्ने प्रयास गरिहेका उहाँले बताउनुभयो । रोड , जनसख्या र आधारमा यातायात क्षेत्रको वढ्दो प्रतिस्पर्धाले आम यात्रुहरुले स्तरिय सेवा पु¥याईरहेकाले अब त्यो संगै संस्कारिक सेवाको विकासको खाँचो रहेको बताउनुभयो । जसका लागि आम यात्रु र व्यवसायी , चालक , सवारी धनी सवै हातेमालो गर्दै अघि वढ्नुपर्ने उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्