जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग ‘जनकपुर भारतको हो’ भन्ने अभिव्यक्ति दिने सांसद्को बारेमा कुरा उठाएका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ‘जनकपुर भारतको हो’ भन्ने विवादित अभिव्यक्ति दिने भारतीय सांसद् कीर्ति आजादको बारेमा कुरा उठाएका हुन् ।

ह्यात होटलमा शनिवार भएको भेटवार्ताका क्रममा प्रचण्डले कीर्ति आजादको उक्त अभिव्यक्तिले नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै यस्ता भ्रामक र हानीकारक प्रचण्डको भत्सना गरे ।

जवाफमा प्रधानमन्त्री मोदीले आफुले बुझेर आवश्यक कदम चाल्ने बताएको प्रचण्ड सचिवालयले जनाएको छ । भेटका क्रममा प्रचण्डले सीमानाका समस्या, मधेशको डुबानको समस्या र विराटनरमा रहेको भारतीय दूतावासको अस्थायी कार्यालय हटाउन माग गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्