शौचालयमा लडेर घाइते भएका सभामुखलाई महराद्वारा स्वास्थ्यलाभको कामना



काठमाडौं, २९ बैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

महराले ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटल पुगेर प्रदेश सभामुख अधिकारीको स्वास्थ्य अवस्था बुझ्नुभएको हो ।

शौचालयमा लडेर घाइते हुनुभएका प्रदेश सभामुख अधिकारीलाई महराले स्वास्थ्य लाभको कामना गर्नुभयो । डाक्टरहरुले खतरामुक्त भएको बताएको भन्दै अधिकारीलाई आफूहरु साथमा रहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो ।

उपचारमा सक्रिय डाक्टरहरुले अधिकारी खतरामुक्त रहेको र उपचार चलिरहेको सभामुख महरालाई बताएका थिए ।

सभामुख महराले अधिकारीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ ।

सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि अस्पताल पुग्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्