प्रदेश ५

प्युठानमा बस दुर्घटना, ४ जनाको ज्यान गयो

By थाहा अनलाइन

May 13, 2018

हरी भण्डारी

प्यूठानमा सडक दुर्घटनामापरि ज्यान जानेको संख्या चार पुगको छ ।

महेन्द्रनगरबाट प्यूठान जाँदैगरेको बस दुर्घटनाहुँदा ४ जनाको घटास्थलमै ज्यान गएको छ भने हालसम्म ११ जनाको उद्धार गरिएको छ ।

ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा नजिकै दुर्घटना भएको हो ।

स्थानीय र सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएको बताइएको छ ।

क्षतिको थप विवरण भने आउन बाँकी छ ।