निर्वाचन आचारसंहिता विपरित काम भयो मानव अधिकार आयोग



दाङ,असार १३ ।स्थानिय तह निर्वाचनमा राजनितिक दलहरुले नै निर्वाचन आचार संहिता विपरित कार्य गरेको पाईएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंञ्जले घोराहीमा आयोजना गरेको निर्वाचन आचारसंहिता संम्बन्धि छलफल कार्यक्रममा यस्तो वताएको हो । छलफल कार्यक्रममा बोल्दै मानव अधिकार क्षेत्रिय कार्यालय नेपालगञ्जका मानव अधिकार अधिकृत द्धारीका अधिकारीले दाङमा राजनितिक पाटीले नै निर्वाचन आचारसंहिता उल्ङघन गरेको वताउनुभयो । उहाँले जिल्लाका राजनितिक दलहरुले चुनाव प्रचार प्रसारमा क्रममा बालबालिकाको प्रयोग गरेको, मतदाता परिचयपत्र वितरणमा लापरवाही गरेको, निर्वाचन परिवेक्षकरु दुर्गम क्षेत्र सम्म नपुगेको जिल्ला निर्वाचन कार्यालयले प्रदान गरिएको निर्वाचन शिक्षा प्रभावकारी नहुनुका साथै कर्मचारी सम्बन्धित क्षेत्र सम्म नपुगेको, र विप्लव पक्षको माओवादीले नागरिकलाई त्रास दिएको अनुगमनका क्रममा भेटिएको मानव अधिकार अधिकृत द्धारीका अधिकारीको भनाई छ । a
कार्यक्रमम बोल्दै पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केपी मसालले राजनितिक पार्टीहरु आचार संहिताको ख्याल नै नगरी चुनाव प्रचार गरिरहेको वताउनुभयो । त्यसबाहेक स्थानिय सर्वधसाधारण नागरिकलाई दलहरुले भोट बैङकको रुपमा खरिद गर्दै आएको वताउनुभयो । गाउँ गाँउमा राजनितिक दलहरुले दैनिक भोजभतेर देखि पैसाको समेत ठुलो चलखेल हुदै आएको वताउँदै त्यसले नागरिकलाई ईमान्दार जनप्रतिनिधी छनौट गर्नका लागि बाधा पु¥र्याउने वताउनुभयो ।मौन अवधीमा दलहरुले ठुलो पैसाको चलखेल गर्नै भन्दै त्यसका लागि सबै नागरिक सचेत बन्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहकार मानव अधिकारकर्मी विनोद केसी, दुर्गालाल केसी, नेपाल टेलिभिजनका प्रतिनिधी सन्तोष सुवेदी, पत्रकार महसंघ दाङका कोषाध्यक्ष आर के सित्तल रेडियो मध्यपश्चिमका समाचार सम्पादक निमुसंगम घर्ती व्यावसायी यादव सैघाली लगायतले बोल्नु भएको थियो । कार्यक्रमम दाङका विभिन्न संञ्चार माध्यमका कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्