नेपाल बन्दका कारण दाङको जनजिवन प्रभावित



सैघाली खबर
दाङ,३० बैशाख
नेपाल कम्युनिस्ट पार्टीले आज आइतबार नेपाल बन्दको आह्वानका कारण दाङ लगायत नेपाल भरीको जनजिवन प्रभावित भएको छ ।
दाङमा बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, बजार , विद्यालय तथा संघसंस्था बन्द रहेका छन् ।

पार्टीका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन ।विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ ।

 

 ‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जनताको स्तर र केही संघ संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ, महासचिव विप्लवको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्